नेप्सेमा आज दोहोरो अंकको सुधार
- वर्ल्ड दैनिक
- २ साल अघि
- १४५ पटक पढिएको
पछिल्लो समय लगातार ओरालो यात्रामा लागेको सेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको सुधार आएको छ ।
आज नेप्से सूचक १३.३७ अंकले बढ्दै २३ सय ५७.२४ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । आज दोहोरो अंकले सूचक बढेपनि कारोबार भने बढ्न सकेन । आज जम्मा एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।
तर आज १३ वटै उपसूचकहरुमा भने वृद्दि आएको छ । होटल तथा पर्यटन समूहको उपसूचक अधिकतम १.०४ प्रतिशतले बढेको छ भने अन्य १२ वटा समूहको उपसूचक ०.०४ प्रतिशतदेखि ०.८२ प्रतिशतसम्मले बढेका छन् ।
प्रतिक्रिया दिनुहोस