मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १५५ पटक पढिएको
रौतहटको राजपुर नगरपालिका-३ अजाद चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोहि सवारीको पछाडी सवार एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय राजपुर रौतहटका अनुसार भारतीय नम्बरको मोटरसाइकल गौरबाट कोप्वा तर्फ जाँदै गर्दा गए राति ९ बजे दुर्घटना भएको थियो । सो दुर्घटनामा मृत्यु हुनेमा रौतहट गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० वर्षीय अलि महमद रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा गौर स्थित जिल्ला अस्पतालमा राती पौने १० बजे मृत्यु भएको थियो ।
सोहि सवारीको पछाडी सवार घाइते १८ वर्षीय धिरेन्द्र प्रसाद शाहको सोहि अस्पतालमा उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस