चीनमा कोभिड-१९ का संक्रमित संख्या बढ्दो; सांघाइ सहर जोखिममा
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३८ पटक पढिएको
चीनमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ । केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।

कोभिड–१९ बाट चीनको सांघाईमा थप सात जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका रहेको छन् । मंगलबार २० हजार ४१६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
यसअघि सोमबार अधिकारीहरूले सांघाइमा कोभिडबाट ३ जनाको मृत्यु भएको थियो । त्यस्तै कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्रै ३ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
सोमबारको तथ्यांक अनुसार ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका मध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको छ । चीन सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । पछिल्लो समयमा संक्रमित तीब्र रुपमा भेटिन थालेपछि सरकारले सो जाँच सुरु गरेको हो ।