काबुलको एक उच्च विद्यालयमा तीनवटा विस्फोटन, ६ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०८ पटक पढिएको

मङ्गलबार पश्चिमी काबुलको एक उच्च विद्यालयमा तीनवटा विस्फोटन भएको छ । उच्च विद्यालयमा तीनवटा विस्फोटन हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। साथै धेरै बालबालिका घाइते भएको अफगान सुरक्षा र स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो । त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो ।

त्यहाँको स्थानीय मिडियाका अनुसार छिमेकका धेरै बासिन्दाहरू शिया हजारा समुदायका भएकाले जातीय र धार्मिक अल्पसंख्यक समुदायलाई लडाकु समूहहरूद्वारा लक्षित गरिएको विस्फोट थियो । काबुलका कमाण्डरका प्रवक्ता खालिद जाद्रानले भने, "तीनवटा विष्फोटहरू भएका छन्, एक उच्च विद्यालयमा, त्यहाँ हाम्रा शिया मानिसहरूलाई केही हताहत भएको छ।" 

विस्फोटनका घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।  बीबीसी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित