१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा १ जना पक्राउ
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २९२ पटक पढिएको
ललितपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महाङ्काल गाउँपालिका-६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटी रहेका छन् । सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक जबरजस्ती करणी गर्दै आएका थिए ।
उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस