रुसी फौजद्वारा युक्रेनमा ठूलो आक्रमण ; युद्धको दोस्रो चरण सुरु
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३५ पटक पढिएको
युक्रेनको पूर्वी भागमा रहेको डोन्बास क्षेत्रमा रुसी फौजले ठूलो आक्रमण गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफुले अपेक्षा गरे अनुसारको रुसले ठूलो स्तरको हमला थालेको बताएका छन् । उनले युक्रेनीहरु आफ्नो रक्षाका लागि लड्ने र जस्तोसुकै परिस्थितिमा नझुक्ने बताए ।
राजधानी कीभ नजिकैको हमलापछि रुसले आफ्नो युद्धको केन्द्रबिन्दु पूर्वी युक्रेनमा सार्दै आएको छ । युक्रेनी अधिकारीहरूले यो आक्रमण युद्धको दोस्रो चरणको रूपमा वर्णन गरेका छन् ।
यसैबीच रुसी सेनाले उत्तरपूर्वी युक्रेनको खार्किभ सहरमा आंशिक रूपमा नाकाबन्दी जारी राखेको छ । युक्रेनी अधिकारीहरुका अनुसार रुसी सेनाको मुख्य लक्ष्य लुहान्स्क र डोनेट्स्क क्षेत्रमा युक्रेनी सेनाको प्रतिरक्षा तोड्नुका साथै दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पूर्ण नियन्त्रण स्थापित हो । बीबीसी
प्रतिक्रिया दिनुहोस