बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउँने अभियान सुरु
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३१ पटक पढिएको
बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउँने अभियान सुरु भएको छ । सरकारले आज र भोलि दुईदिन देशव्यापी रुपमा बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउँने भएको हो ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयले दिएको सूचना अनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको अवसर पारेर ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाइने छ ।
सो उमेर समूहका बालबालिकालाई नजिकैको औषधि वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन तथा वितरण केन्द्रमा जाँदा कोमिड–१९ विरुद्धका सबै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र गराउन समेत मन्त्रालयले आम जनतालाई आग्रह गरेको छ ।
मन्त्रालयको जानकारी अनुसार यसवर्ष २७ लाख बालबालिकालाई भिटामिन ए, २४ लाखलाई बालबालिकालाई जुकाको औषधि र ६ लाख बालबालिकालाई ‘बालभिटा’ खुवाइने छ ।