पाल्पामा ७० वर्षीया महिला बलात्कृत
- वर्ल्ड दैनिक
- २ साल अघि
- २१५ पटक पढिएको
पाल्पामा ७० वर्षीया महिला बलात्कृत भएकी छन्। ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरवस्थान मन्दिर नजिकै शनिबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी
प्रतिक्रिया दिनुहोस