सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढ्यो
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९५ पटक पढिएको
सुनको मूल्य तोलामा आज फेरि ५०० रुपैयाँ बढेको छ। सुनको मूल्य आज ५०० रुपैयाँले बढेर १ लाख २५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार १ लाख २००० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ५०० ले बढेर तोलाको १ लाख २५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबारको तुलनामा सोमबार तोलामा ५०० सय रुपैयाँले वृद्दि आएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा १ लाख २००० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य बढे तापनि चाँदीको मूल्य भने घटेको छ।
सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १४२० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १४२५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस