कक्षा ११ को परीक्षाको सम्बन्धमा आइतबार सार्वजनिक सूचना जारी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७० पटक पढिएको

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को परीक्षाको सम्बन्धमा आइतबार सार्वजनिक सूचना जारी गरेको छ । बोर्डले सार्वजानिक सूचना जारी गर्दै कक्षा ११ को परीक्षा जेठको तेस्रो साताबाट गर्न निर्देशन दिएको छ ।

बोर्डले जेठ १६ देखि हुन गईरहेको कक्षा १२ को परीक्षासँग नजुध्ने गरी कक्षा ११ को परिक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन दिएको हो । शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा २०७९ जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षासँग नजध्ने गरी परीक्षा सञ्चालन गराउने उदेश्यले उक्त सूचना जारि गरिएको हो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित