नेप्से नयाँ वर्षको सुरुवातमा २९ अंकले घट्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९५ पटक पढिएको

पछिल्लो समयमा लगातार ओरालो यात्रामा लागेको सेयर बजार परिसूचक नेप्से नयाँ वर्ष २०७९ को सुरुवातमा पनि २९ अंकले घटेको छ । वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार नै नेप्से सूचक २९ अंकले घटेको हो ।

आज नेप्से सूचक २९.६० अंकले घट्दै २३ सय ८५.६४ अंकमा झरेको  नेपाल स्टक एक्सचेन्ज जानकारी दिएको छ। नयाँ वर्षका दिन १ गते सार्वजनिक विदा र २, ३ शुक्रबार र शनिवार परेकाले एकैपटक ४ गते बजार खुलेको हो । आज बजार खुलेको दिन कारोबार भने जम्मा १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ बराबरको मात्र भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित