भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन वृद्धि हुँदै
- वर्ल्ड दैनिक
- २ साल अघि
- २१८ पटक पढिएको
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका थप ११५० जना नयाँ संक्रमित भेटिएका छन् । शनिबारको तुलनामा आज कोरोना संक्रमण दर १७ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन् । यस्तै शनिबार ९७५ जनामा कोरोनाको संक्रमण देखिएको थियो र यसका कारण ४ जनाको मृत्यु भएको थियो ।
भारतमा अहिलेसम्म कोरोना संक्रमितको कूल संख्या ४.३० करोडभन्दा बढी पुगीसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस