खुकुरी प्रहार गरी भएको विभत्स हत्यामा संलग्न रहेका ४ जना पक्राउ
- वर्ल्ड दैनिक
- २ साल अघि
- २२१ पटक पढिएको
कैलाली, जानकी गाउँपालिका-९ अमरावती बस्ने २५ वर्षीय अर्जुन दासको विभत्स हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-९ बस्ने १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बम बहादुर बोहोरा, १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ वर्षीय मनोज भण्डारी रहेका छन् ।
जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा गत पुस ३ गते अर्जुन दासलाई मोवाईल चोरी गरेको आरोपमा कुटपिट गरी साजको रूखमा बाधेर खुकुरी प्रहार गरी विभत्स हत्या पश्चात उनीहरु फरार भएका थिए । फरार उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले रुपन्देही सिद्धार्थ नगरपालिका-१ बेलहिया सिमानाकाबाट फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको छ ।