भारी वर्षापछिको बाढी र पहिरोमा ४०० जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४१ पटक पढिएको

दक्षिण अफ्रिकाको बाढी र पहिरोमा परि ४०० जनाको ज्यान गएको छ । सोहि पहिरोका कारण दशौं हजार घरबारविहीन भएका छन् ।

भारी वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा अझै केही हराइरहेका छन् ।  बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडकहरु भत्किएका छन् भने अस्पतालमा क्षति पु-याएको छ । साथै कयौं घरहरु बगाएको छ।

दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । बाढीपछि उद्दार कार्य तीव्र पारिएको त्यहाँको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित