सभामुख सापकोटाको भ्रष्टाचार तत्काल नियन्त्रण गर्नुपर्नेमा जोड
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३८३ पटक पढिएको
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गरेका छन् । सभामुख सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी समेत दिएका छन् ।

उनले भ्रष्टाचार तत्काल नियन्त्रण गर्नुपर्ने कुरा उल्लेख गर्दै त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने बताएका हुन् । उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।
काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारबाट सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाई गर्न नहुने समेत स्पष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस