बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२९ पटक पढिएको
बर्दियामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-३ खुरखुरे बस्ने सुर्खेत ब्राह्राताल गाउँपालिका-४ घर भएका २५ वर्षीय गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस