सुनचाँदीको मूल्यमा आज स्थिरता
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २५३ पटक पढिएको
सुनको मूल्य तोलामा आज स्थिरता छाएको छ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १ हजार ५०० रुपैयाँ थियो । आज पनि छापावाल सुन र तेजाबी सुनको मूल्य सोही कायम भइ कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
आइतबार चाँदीको भाउमा पनि स्थिर कायम भएको छ । शुक्रबार प्रतितोला १४ सय १५ रुपैयाँ तोकिएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस