बेलायती प्रधानमन्त्री जोनसन यसै साता भारतको भ्रमण गर्दै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ५९ पटक पढिएको

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन यसै साता भारतको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री जोनसनले शुक्रबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् ।

उक्त भेटमा रक्षा र व्यापारलगायतका विषयमा छलफल हुने भएको छ । कोभिडका कारण अघिल्ला भ्रमणहरू स्थगित भएपछि प्रधानमन्त्रीको रूपमा जोन्सनको यो पहिलो भारत भ्रमण हुनेछ । रुसले युक्रेनमा आक्रमण गरेपछि बेलायतले मस्कोमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई मनाउने प्रयास गरिरहेको छ ।

यसअघि रुसविरुद्ध कडा प्रतिबन्ध लगाउन र व्यापार, रक्षा, ऊर्जा र खाद्य सुरक्षा जस्ता क्षेत्रमा सहकार्य गर्न गत महिना विदेशमन्त्री लिज ट्रसले भारतको भ्रमण गरेकी थिइन् ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित