कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भर्खर सुरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३७३ पटक पढिएको

सत्तरुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भर्खर सुरु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक  सानेपामा भएको हो ।

सानेपामा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल भइरहेको छ । आजको बैठकबाट उम्मेदवारीसम्बन्धी टुंगो लगाउने कार्यहरु हुने भएको नेताहरुले बताएका छन् ।

यसअघि बसेको बैठकले घोषणापत्रको मस्यौदा पारित गरेको थियो । कांग्रेसको घोषणापत्र लोकतन्त्र दिवसका दिन वैशाख ११ गते सार्वजनिक हुने भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित