किएभलाई हतियार नदिन रुसद्वारा पश्चिमा देशलाई चेतावनी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३४३ पटक पढिएको
रुसले औपचारिक रूपमा संयुक्त राज्य अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । उक्त चेतावनी मस्कोले एउटा कूटनीतिक नोटको माध्यमबाट दिएको छ । कूटनीतिक नोटकोप्रतिलिपिलाई अमेरिकी सञ्चारमाध्यमहरूले परीक्षण गरेका छन् ।

दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित दूतावासले उपलब्ध गराएको थियो । त्यसमा अमेरिका र नेटोलाई हतियार सहयोगले युक्रेनको द्वन्द्व थप चर्काइरहेको र त्यसले "भविष्यवाणी गर्न नसकिने परिणाम" निम्त्याउन सक्ने बताइएको छ । युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बिहीवार बाहिर आउन थालेपछि उक्त नोट पठाइएको थियो । बीबीसी
प्रतिक्रिया दिनुहोस