एकदिवसीय क्रिकेटमा नेपालको वरीयता यथावत

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८९ पटक पढिएको

नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को एकदिवसीय वरियतामा यथावत रहेको छ ।

नयाँ वरियतामा यथावत रहदै नेपाल आईसीसीले सार्वजनिक गरेको सुचिको  १८ औं स्थानमा छ । आईसीसीको अघिल्लो वरियतामा पनि नेपाल १८ औं स्थानमा रहेको थियो।

नेपालले नयाँ वरियतामा १७ खेलमा १८ रेटिङ अंक पाएको हो। नेपाल भन्दा तल अमेरिका र पपुवा न्युगिनी रहेका छन्।

गत मार्चमा नेपालले  ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो। जसमा नेपालले २ खेल मात्र जितेको थियो ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ ।

यसैगरी, दोस्रो स्थानमा इंग्ल्याण्ड, तेस्रोमा अष्ट्रेलिया, चौथोमा भारत र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित