पुटिनले जातीय नरसंहार गराएको बाइडनको आरोप

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २८८ पटक पढिएको

युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार गराएको अमेरिकी राष्ट्रपति जो बाइडनले आरोप लगाएका छन् । राष्ट्रपति बाइडनले पुटिनलाई युक्रेनमा नरसंहार गरेको आरोप लगाउँदै पुटिनलाई तानाशाह भनेका छन् ।

यसअघि पनि उनले रुसलाई युद्ध अपराध गरेको बताएका थिए । आफ्नो टिप्पणीको व्याख्या गर्दै उनले आफूले नरसंहार भनेको र त्यो कुरा पुटिनका क्रियाकलापका कारण झन् झन् स्पष्ट हुँदै गएको पनि बताए ।

यसअघि अमेरिकी राष्ट्रपतिले बुचा तथा अन्य नगरहरूमा सयौँ गैरसैनिकको हत्यापश्चात् रुसलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएका थिए । बीबीसी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित