मानेभन्ज्याङमा जीप दुर्घटना २ प्रहरीको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४७८ पटक पढिएको

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। बुधबार भएको उक्त दुर्घटनामा ७ जना घाइते भएका छन् ।

घाइते हुनेमध्ये ४ जना को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी सुकदेव खनालले बताएका छन् । डिएसपी खनालका अनुसार दुर्घटनामा पर्ने सबै प्रहरी रहेका छन्। उनीहरु सोलुखुम्बुबाट प्रदेश १ स्थित विराटनगर हिँडेका  थिए । उनले आफु उद्धार कार्यमा व्यस्त रहेकाले पूर्ण विवरण आउन समय लाग्नेपनि बताएका छन् ।

उपचारको लागि गम्भीर घाइतेहरुलाई हेलिकोप्टर मार्फत काठमाडौँ लैजाने तयारि भईरहेको पनि उनले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित