जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३१८ पटक पढिएको

सुर्खेत, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्नगर नगरपालिका-५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका-५ का सुग्रीब नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीबलाई पक्राउ गरेको हो । 

वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल नजिकैको जंगलमा ती दुई युवकले युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न हाल फरार रोशन गुरुङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित