सुनको मूल्य आज फेरि ६०० रुपैयाँले बढ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७१ पटक पढिएको

सुनको मूल्य तोलामा आज फेरि ६०० रुपैयाँ बढेको छ। सुनको मूल्य आज ६०० रुपैयाँले बढेर १ लाख १५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार १ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ६०० ले बढेर तोलाको १ लाख १५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबारको तुलनामा बुधबार तोलामा ६०० सय रुपैयाँले वृद्दि आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा १ लाख १००० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य बढेसंगै चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १४०० रुपैयाँ पुगेको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १३ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित