वेलायती प्रधानमन्त्रीलाई जरिबाना

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४१ पटक पढिएको

प्रहरीले कोभिड लकडाउनकाे समयमा आफ्नै लागि आयोजित बर्थडे पार्टीमा सहभागी भएको भन्दै वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनलाई आर्थिक जरिबाना तिराउने भएको छ ।

सन् २०२० को १९ जुनमा क्याविनेट रुममा आयोजित घन्टौं लामो सो पार्टीमा सहभागि भएको भन्दै  डाउनिंग स्ट्रिट नम्वर १० ले जोहन्सनलाई निश्चित जरिबाना लगाउने पुष्टि गरेको छ । 

जोहन्सन सहित चान्सलर रिसी सुनक पनि जरिबानामा परेका छन् । सोही घटनालाई लिएर आफूले एफपीएन भुक्तानी गरिसकेको प्रधानमन्त्रीकी पत्नी क्यारी जोहन्सनले ब ता एकि छिन् । निकै विवादास्पद हुन पुगेको उक्त डाउनिंग स्ट्रिट पार्टीमाथि मेट अनुसन्धान गरिएको थियो ।

 उनी नियम तोडेवापत कारबाहीमा पर्नेे पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । सो पार्टी कान्डलाई लिएर लेवर नेता सर केइर स्टामर, स्कटल्यान्डका फर्ष्ट मिनिस्टर तथा एसएनपी नेता निकोला स्टर्जियन र वेल्सका लेवर फस्र्ट मिनिस्टर मार्क ड्रेकफोर्डलगायतकाले प्रधानमन्त्री र चान्सलरको राजीनामा नै मागेका थिए । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित