सुनको मूल्य आज फेरि ८०० रुपैयाँले बढ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८९ पटक पढिएको

सुनको मूल्य तोलामा आज फेरि ८०० रुपैयाँ बढेको छ। सुनको मूल्य आज ८०० रुपैयाँले बढेर १ लाख ९०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार १ लाख १०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ८०० ले बढेर तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  सोमबारको तुलनामा मंगलबार तोलामा ८०० सय रुपैयाँले वृद्दि आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा १ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  मंगलबार सुनको मूल्य बढेसंगै चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर तोलाको १३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ६५ रुपैयाँ थियो ।   

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित