फिलिपिन्समा बाढी र पहिरोमा परी कम्तीमा २५ जनाको ज्यान गयो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३६१ पटक पढिएको

फिलिपिन्समा बाढी र पहिरोमा परी कम्तीमा २५ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार म्यागी आँधीका कारण आएको भारी वर्षापछि बाढी र पहिरो आएको हो ।

उद्दारकर्मीहरू देशको पूर्वी र दक्षिणी तटमा फसेका मानिसहरूको उद्दारमा खटिरहेका छ्न् ।आइतबार ६५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले बाढी र पहिरो निम्त्याएको थियो । पूर्वी तटीय क्षेत्रबाट १३,००० भन्दा बढी व्यक्तिहरू उच्च भूमि आश्रयमा भागेका छन्।

वर्षा र हावाहुरीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै ग्रामीण क्षेत्रमा बाढी आएको छ । सबैभन्दा बढी प्रभावित प्रान्त लेयटे थियो, जहाँ २२ जनाको मृत्यु भएको पुष्टि भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित