अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वार्ता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४० पटक पढिएको

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भर्चुअल मिडियाबाट वार्ता भएको छ । प्रधानमन्त्री मोदीले भर्चुअल मिडियाबाट भएको उक्त्त वार्तामा रुस र युक्रेनबीचको युद्धलाई लिएर छलफल भएको बताएका छन् ।

वार्तापछि मोदीले भने, "हाम्रो अन्तरक्रिया आज यस्तो समयमा भइरहेको छ जुन अवस्थामा युक्रेनप्रति सर्वत्र चासो छ । केही हप्ता पहिले २०,००० भन्दा बढी भारतीयहरू युक्रेनमा फसेका थिए। तीमध्ये अधिकांश युवा विद्यार्थी थिए।’

युक्रेनको संकट अन्त्य गरी शान्तितर्फ अघि बढ्न रुसलाई आह्वान गर्दै मोदीले भने, ‘मैले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरै पटक टेलिफोनमा कुरा गरेको छु, शान्तिका लागि अपील मात्र गरेको छैन, राष्ट्रपति पुटिनलाई पनि सुझाव दिएको छु । 

भारतले युक्रेन र अन्य छिमेकी देशहरूमा औषधि र अन्य राहत सामग्री पठाएको छ, मोदीले भने। भारतले युक्रेनमा औषधिको अर्को खेप पठाउने योजना बनाएको छ । एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित