सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँगको बैठक जारी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २८५ पटक पढिएको

स्थानीय तहको निर्वाचनमा समन्वय गर्न पाँच दलको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँगको बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने शीर्ष नेताहरुको बैठकमा स्थानीय तहको तयारी तथा अनुगमन संयन्त्रको बैठकले गरेको निर्णयबारे थप छलफल हुनेछ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा आइतबार बसेको संयन्त्रको बैठकले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको भावना र एकअर्कासँग समन्वय गरी पाँच दलीय गठबन्धन अगाडि बढ्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश र जिल्लालाई वैशाख मसान्तमा पाँच दलको बैठक बोलाएर सहमति जुटाएर केन्द्रमा पठाउन पनि आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा गठबन्धनको शीर्ष नेतृत्वले संयुक्त अपिल गर्ने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित