सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले घट्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०८ पटक पढिएको

सुनको मूल्य तोलामा आज २०० रुपैयाँले घटेको छ। सुनको मूल्य आज २०० रुपैयाँले घटेर १ लाख १०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा २०० ले घटेर तोलाको १ लाख १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबारको तुलनामा सोमबार तोलामा २०० सय रुपैयाँले वृद्दि आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार सुनको मूल्य बढे तापनि चाँदीको मूल्य भने स्थिर छ ।

आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ६५ रुपैयाँ कायम भएको थियो भने आज पनि सोहि मूल्य कायम छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित