इथियोपियामा १७ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११५ पटक पढिएको

सडक दुर्घटना हुँदा इथियोपियामा १७ जनाको मृत्यु भएको छ । शनिबार त्यहाँका अधिकारीहरुले सो दुर्घटामा परेर १७ जनाको मृत्यु भएको जनाएका छन् । सो दुर्घटना इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा भएको हो। उक्त दुर्घटनामा परि केही घाइते भएका छन् ।

त्यहाँको राज्य प्रहरीका अनुसार यात्रुबाहक बसले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हो। बसमा के कति जना थिए भन्ने बारेमा भने प्रहरीले केही बताएको छैन ।

केही समय यतादेखि ओमरिया राज्यको अदाबा जिल्लामा दुर्घटना बढेको भन्दै प्रहरीले अनुसन्धान थालेको यहाँका यातायात अधिकारीहरुले जानकारी दिएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित