मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९३ पटक पढिएको

हेटौंडा–१३ पदमपोखरीस्थित मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ का ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।

पदमपोखरीस्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोले बिहान ९ः५५ बजे करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते भएका उनलाई हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको मकवानपुर प्रहरीले बताएको छ ।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित