सुनको मूल्य आज फेरि एक लाख रुपैयाँ नाघ्यो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १३३ पटक पढिएको

सुनको मूल्य तोलामा आज फेरि एक लाख रुपैयाँ नाघेको छ। सुनको मूल्य तोलामा आज ८०० रुपैयाँको वृद्दि आएको छ। सुनको मूल्य आज ८०० रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ८०० ले बढेर तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  शुक्रबारको तुलनामा आइतबार तोलामा ८०० सय रुपैयाँले वृद्दि आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य बढेसंगै चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ५५रुपैयाँ थियो ।   

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित