दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नामिबियाको हार
- वर्ल्ड दैनिक
- २ साल अघि
- ११३ पटक पढिएको
टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा युगान्डाले घरेलु टोली नामिबियामाथी जित निकालेको छ । दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नामिबिया भ्रमणमा रहेको युगान्डाले घरेलु टोली नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

खेलमा १ सय ७८ रनको लक्ष्य पछ्याएको पाहुना टोली युगान्डाले खेलको अन्तिम बलमा लक्ष्य पूरा गरेको थियो । युगाण्डालाई जित दिलाउन रियाजत अली शाह र दिनेश नाकर्णीले ११८ रनको साझेदारी गरे ।
दिनेशले ३९ बलमा आठ चौका र तीन छक्का प्रहार गर्दै ७७ रन बनाएर अविजित रहे । त्यस्तै यस्तै रियाजतले ४३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५७ रन जोडे।
हार बेहोरेको नामिबियाका लागि जिराड इरास्मसले २ तथा तन्गेनी लुगमेनीले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले इरास्मसको शतकीय इनिङमा १ सय ७७ रन बनाएको थियो। उनले जम्मा ४७ बलमा ९ चौका र ७ छक्का प्रहर गर्दै १ सय रन बनाएका थिए।
नामिबियाले यसअघि भएको पहिलो खेलमा युगान्डालाई ८ विकेटले पराजित गरेको थियो ।