खुलामञ्चमा राप्रपाले गर्‍यो आमसभा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४४ पटक पढिएको

आज काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आमसभा गरेको छ ।

राप्रपाले काठमाडौंको खुलामञ्चमा आज आमसभा गर्दै शक्ति प्रदर्शन गरेको हो । पार्टीले देशका विभिन्न शहरमा कार्यक्रम गरेपछि आज काठमाडौंमा प्रदर्शन गरेको हो ।

सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीलगायत नेताहरू सहभागी भएका छन् । उक्त्त सभा स्थानीय तह निर्वाचनको चुनाव लक्षित गरेर गरिएको हो ।

नेता-कार्यकर्ताहरूले कार्यक्रममा  हलो, झण्डा र पम्पलेटसहित उपस्थित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित