स्वस्थ्य बीमा बोर्डद्वारा ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३४८ पटक पढिएको

स्वस्थ्य बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ। स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले उक्त मोबाइल एप्लिकेसन उद्घाटन तथा सार्वजनिक गरेका हुन्। बोर्डले स्वास्थ्य बीमा दिवसको अवसरमा शुक्रबारदेखि मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।

बोर्डका सूचना अधिकारी सोभियत रिजालका अनुसार राज्यमन्त्री खापुङले वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बीमा बोर्डबाट अनलाईन नवीकरण सेवाको उद्घाटन समेत गरेका छन्। त्यस्तै स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा पनि  एप्लिकेसनबाट जानकारी पाउन सकिने रिजालले बताएका छन्। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित