भारतका गौतम अडानी विश्वको सबैभन्दा एलिट क्लबमा सामेल

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५१ पटक पढिएको

भारतका गौतम अडानी विश्वको सबैभन्दा एलिट क्लबमा सामेल भएका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार, पूर्वाधार टाइकुनको सम्पत्ति सप्ताहन्तमा १०० बिलियन डलर पुग्दा उनलाई एसियाको सबैभन्दा धनी व्यक्ति बनाइएको हो ।

टेस्ला (TSLA) का सीईओ एलोन मस्क, अमेजन (AMZN) संस्थापक जेफ बेजोस र बर्कशायर ह्याथवे (BRKA) का अध्यक्ष वारेन बफेट सहित अडानी सेन्टीबिलियनर क्लबमा अन्य नौ जना पुरुषहरूसँग सामेल भएका छन् । फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट र अडानी कम्तिमा $ १०० बिलियनको सम्पत्ति भएका एक मात्र गैर-अमेरिकी नागरिक हुन् ।

अडानी ग्रुपका ५९ वर्षीय संस्थापक गौतम अडानीले बन्दरगाह र एयरोस्पेसदेखि थर्मल ऊर्जा र कोइलासम्मका कम्पनीहरू नियन्त्रण गर्ने गरेका छन् । साथै पछिल्लो दुई वर्षमा आफ्नो सम्पत्ति झण्डै ९० अर्ब डलरले बदाउन समेत सफल भएका छन्। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित