सुनको मूल्य आज तोलामा ५०० रुपैयाँको वृद्दि
- वर्ल्ड दैनिक
- २ साल अघि
- १८५ पटक पढिएको
सुनको मूल्य तोलामा आज ५०० रुपैयाँको वृद्दि आएको छ। सुनको मूल्य आज ५०० रुपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार ९९ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ५०० ले बढेर तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा ५०० सय रुपैयाँले वृद्दि आएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य बढेसंगै चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार चाँदीको मूल्य तोलामा २१ रुपैयाँले बढेर तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ३४ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस