इजरायलको तेल अभिभमा गोली चल्दा २ जनाको मृत्यु, कयौं घाइते
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९५ पटक पढिएको
इजरायलको तेल अवीभको केन्द्रमा गोली चल्दा २ जनाको मृत्यु भएको छ । विगत दुई हप्तामा भएको चौथो आक्रमणमा बन्दुकधारीका कारण कयौं घाइते भएका छन् ।
गोलीबारी तेल अभिभको डाइजनङगफ स्ट्रिटमा भएको थियो । सबैभन्दा व्यस्त सडकहरू मध्ये एक मानिने बार र रेष्टुरेन्टहरूका लागि परिचित डिजेनगोफ स्ट्रिटमा गोलीबारी भएपछि प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ। प्रहरी सुरक्षा बलहरूले उक्त गोलीबारी गर्ने बन्दुकधारीहेरुलाई खोज्ने क्रम जारि राखेका छन्।
इजरायलको आपतकालनि सेवाका प्रवक्ताका अनुसार हमलापछि घाइते भएका ९ जनालाई अस्पताल लगिएको थियो । जसमध्ये ४ को अवस्थामा गम्भीर रहेको छ । बिहीबार राति जारी गरिएको बयानमा इजरायलका प्रधानमनत्री नफ्ताली बेनेटले हमलामा मारिएका मानिसको परिवारप्रति समवेदना व्यक्त गर्दै भनेका छन्,‘इजरायली सुरक्षा सेवाले उक्त आतंकवादीको खोजी गरिरहेको छ, जसमा तेल अभिभमा यो हत्या गरेको थियो ।
साथै इजरायली प्रहरी, सेनाको विशेष बल र शिन बेट गुप्तचर सेवाका १,००० भन्दा बढी सदस्यहरू खोजीमा संलग्न रहेको प्रहरी अधिकारीहरूले बताएका छन्। द टायम्स अफ इजरायल