यमनका राष्ट्रपतिद्वारा नयाँ नेतृत्व परिषद्लाई अधिकार हस्तान्तरण
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १८० पटक पढिएको
यमनका राष्ट्रपति अब्द–रब्बु मन्सुर हादीले बिहीवार नयाँ नेतृत्व परिषद्लाई सत्ता हस्तान्तरण गरेका छन्। राष्ट्रपति मन्सुर हादीले अधिकार हस्तान्तरण गर्दै आफ्नो उपाध्यक्षलाई वर्खास्त गरेका छन् ।

उनको यो कदम सात वर्ष लामो गृहयुद्धको अन्त्यका लागि संयुक्त राष्ट्र संघको नेतृत्वमा वार्ता ब्युँताउने प्रयासलाई समर्थन गर्ने उद्देश्यले प्रेरित रहेको बताइएको छ । राष्ट्रपति हादीको यस घोषणालगत्तै साउदी अरेवियाले साउदी समर्थित यमनी सरकारलाई तीन अर्ब अमेरिकी डलर वरावरको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
साउदीले यमनको उत्तरी भाग कब्जा गरेर बसेको तथा साउदी नेतृत्वमा रहेको सरकारसँग युद्ध गर्दै आएका लडाकु समूह हौथीसँग वार्ताका लागि आह्वान गरेको छ । रोयटर्स
प्रतिक्रिया दिनुहोस