अर्जेन्टिनाका लेजेन्ड डिएगो म्याराडोनाको जर्सी लिलामी हुने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ६३७ पटक पढिएको

अर्जेन्टिनाका लेजेन्ड डिएगो म्याराडोनाको जर्सी लिलामी हुने भएको छ । उनले सन् १९८६ को विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध लगाएको जर्सी लिलामी हुन लागेको हो । 

उक्त्त खेलपछि दुई देशका खेलाडीले जर्सी साटासाट गरेर लगाएका थिए । म्याराडोनाको उक्त जर्सी इंग्ल्यान्डका मिडफिल्डर स्टिभ हजले लगाएका थिए । 

म्याराडोनाको प्रतिष्ठित जर्सीको मूल्य ४० लाख पाउण्डभन्दा बढी हुने अनुमान गरिएको छ ।

म्याराडोनाको जर्सी म्यानचेस्टरको राष्ट्रिय फुटबल सङ्ग्रहालयमा २० वर्षदेखि राखिएको छ ।

म्याराडोनाको जर्सी २० अप्रिल देखि ४ मे सम्म अनलाइन अक्सनमा राखिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित