सुनको मूल्य तोलामा आज ५०० रुपैयाँको वृद्दि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९५ पटक पढिएको

सुनको मूल्य तोलामा आज ५०० रुपैयाँको वृद्दि आएको छ। सुनको मूल्य आज ५०० रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ५०० ले बढेर तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबारको तुलनामा बिहीबार तोलामा ५०० सय रुपैयाँले वृद्दि आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  बिहिबार सुनको मूल्य बढे तापनि चाँदीको मूल्य भने घटेको छ ।

बिहीबार चाँदीको मूल्य तोलामा १ रुपैयाँले घटेर तोलाको १३ सय ३४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ३५ रुपैयाँ थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित