टाइफाइडविरुद्धको खोप अभियानमा प्रधानमन्त्री देउवाले गरे उद्घाटन
- वर्ल्ड दैनिक
- २ साल अघि
- २५१ पटक पढिएको
रानीपोखरीस्थित दरबार हाइस्कूलमा प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई लगाइन लागिएको खोपको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले दरबार हाइस्कुलमा आयोजित एक कार्यक्रममा खोपको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा विद्यालयका १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइएको छ । प्रधानमन्त्री देउवाले उद्घाटन गरेको खोप अभियान आज बाट वैशाख २५ गते चल्ने भएको छ । त्यस्त, १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने नेपाल सरकारको लक्ष्य रहेको छ ।
साथै नेपाल सरकारले नजिकैको खोप केन्द्रमा गई खोप लगाउन आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस