कारको ठक्करबाट दुई वर्षीय बालकको ज्यान गयो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १११ पटक पढिएको

ललितपुरमा कारको ठक्करबाट दुई वर्षीय बालकको ज्यान गएको छ ।

प्रहरीका अनुसार बा १६ च ३६८७ नम्बरको कारले ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको हो ।

ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा मृत्यु भएको हो ।

महानगरिय प्रहरी वृत्त सातदोबाटोले कार सहित चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित