निर्वाचनका लागि नियुक्त भएका ७१ जना निर्वाचन अधिकृतलाई आयोगले हटायो
- वर्ल्ड दैनिक
- २ साल अघि
- १४१ पटक पढिएको
मंगलबार स्थानीय तह निर्वाचनका लागि नियुक्त भएका ७१ जना निर्वाचन अधिकृतलाई आयोगले हटाएको छ।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त गरेको ७१ जना निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम रिक्त भएका स्थानीय तहमा नेपाल सरकारका राजपत्राङ्कित द्वितिय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई नियुक्त गरिएको आयोगले जनाएको छ। चैत्र २९ देखि लागु हुने गरी सम्बन्धित स्थानको निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।
नवनियुक्त निर्वाचन अधिकृतलाई आयोगले निर्वाचन व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा सहभागी हुन निर्देशन दिएको छ । निर्वाचन अधिकृतको पदमा नियुक्त भएका कर्मचारीको नियुक्ति पत्र अभिमुखीकरण कार्यक्रमकै दिन उपलब्ध गराइने आयोगले जनाएको छ । त्यस्तै १६ स्थानीय तहका निर्वाचन अधिकृतको स्थानीय तहमा सरुवा गरिएको छ ।