फोर्ब्सद्वारा विश्वभरका डलर अर्बपतिहरुको सूची सार्वजनिक

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०२ पटक पढिएको

फोर्ब्सले यो वर्ष पनि विश्वभरका डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । फोबर्सले गएराति सार्वजनिक गरेको सूचीमा भारतमा १६६ जना अर्बपति रहेका छन् भने दक्षिण एसियामा भारत बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् ।

दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् । उक्त सूचीमा भारतमा १६६ जना अर्बपति छन् । गत वर्ष १४० जना रहेकोमा बढेर यो वर्ष १६६ पुगेको हो । त्यस्तै नेपालमा एक जना अर्बपति रहेका छन् ।

दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनैपनि व्यवसायी अर्बपतिको सुचीमा परेका छैनन् । फोर्ब्सका अनुसार नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा वृद्धि आएको छ । गत वर्ष १.४ अर्व डलर सम्पति रहेकोमा यो वर्ष दश करोड डलरले वृद्धि भई १.५ अर्व डलर पुगेको छ । व्यवसायी चौधरी फोर्ब्सको सुचीमा १९२९ नम्बरमा रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित