श्रीलङ्कामा राष्ट्रपति राजापाक्षेद्वारा संकटकालको अवस्था खारेज

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३६९ पटक पढिएको

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले आर्थिक मन्दीका कारण विरोध प्रदर्शनलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको सत्तारुढ गठबन्धनबाट दर्जनौं सांसद बाहिरिएपछि संकटकालको अवस्था खारेज गरेका छन्। राष्ट्रपति राजपक्षेले मंगलबार अबेर राती देशव्यापी आपतकाललाई तत्कालका लागि हटाउने निर्णय गरेका हुन्।

दर्जनौं सांसद सत्तारुढ गठबन्धनबाट बाहिरिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल खारेज गर्ने निर्णय गरेका छन् । देशको गहिरिँदो आर्थिक संकटका कारण सर्वसाधारणको हिंस्रक प्रदर्शनलाई मध्यनजर गर्दै १ अप्रिलमा देशका आपतकाल लागू गरिएको थियो ।

मंगलबार प्रशासनको लागि अर्को झट्कामा, अर्थमन्त्री अली साब्रीले आफ्नो नियुक्तिको एक दिन पछि भएको महत्त्वपूर्ण वार्ता अघि राजीनामा दिएका थिए। साथै, गोटाबाया राजपक्षेको सरकार अल्पमतमा आइसकेको छ । उनका सबै २६ मन्त्रीको राजीनामा पछि अब सरकारसँग विपक्षका साथै उनका पूर्व सहयोगी दलले पनि उनको राजीनामाको माग गरेका छन् ।

श्रीलङ्का यतिबेला हालसम्मको सबैभन्दा ठूलो आर्थिक संकटसँग जुधिरहेको छ । देशमा खाद्यान्न, औषधि र इन्धनको अभाव र लामो समयसम्म विद्युत कटौती निम्त्याएको छ। अल्जाजीराबाट 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित