नेप्सेमा आज ४६.४६ अंकको गिरावट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२४ पटक पढिएको

पछिल्लो समयमा लगातार ओरालो यात्रामा लागेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि घटेको छ । आज नेप्से परिसूचक थप ४६.४६ अंकले घट्दै २४ सय ५२.०६ अंकमा झरेको छ ।

आज कुल २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ । आज मंगलबारको दिन होटल तथा पर्यटन उपसमूह १५ अंक बढ्यो भने अरु सबैको घटेको छ । यस दिन होटल तथा पर्यटन समूहको उपसूचक बाहेक अन्य सबै सूचकहरु ऋणात्मक (नेगेटिभ) भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज यस समूहको उपसूचक ०.५ प्रतिशतले मात्र बढेको छ । बैंकिङ १८, विकास बैंक ८१, फाइनान्स ५३, जलविद्युत् ६१, जीवन बीमा ४३२, उत्पादन ४३, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा ३४५, अन्य ७१ र व्यापार उपसमूह ४४ अंकले घटेक छन् ।

कुल १० कम्पनीको मात्रै सेयर मूल्य बढ्दा १८३ कम्पनीको घट्यो भने २ को स्थिर रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित