उदयपुरमा १० कक्षामा अध्ययनरत छात्राको आफ्नै साथीद्वारा हत्या
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३५ पटक पढिएको
उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या भएको छ । ट्युसन पढ्न हिँडेकी छात्राको शव मंगलबार बिहान यसोदा खोला नजिकै भेटिएको हो ।

घरबाट स्कुल आउँदै गर्दा उनको क्रुर हत्या भएको भन्दै कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्य नारायण शाहले घटनाको अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेका छन् । बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कविताको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षका राजेन्द्र ढकाल रहेका छन् । सरितासँग केही दिनअघि भएको सामान्य विवादका कारण दुईजना मिलेर ढुंगाले हिर्र्काएर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
स्कुल पुग्नुभन्दा करिब ७ सय मिटर पर हत्या भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले जानकारी दिए ।